कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्डबुक र प्लट रजिष्टरको प्रतिलिपी लिनको लागि देहाय बमोजिमको कागजात संलग्न गरि जग्गा नापजाँच तथा नक्सा श्रेष्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूचनी - २७ को निवेदन कार्यालयमा निवेदन पेश गर्न सकिनेछ ।

  • जग्गाधनी दर्ता प्रमाणपूजाको प्रतिलिपी,
  • नेपाली नागरीकताको प्रमाणपूर्जाको प्रतिलिपी,
  • चालु आ.व. को तिरो तिरेको रसिद,
  • सरोकारवाला पुष्टि हुने अन्य कागजातहरु,
  • निवेदकको नाममा श्रेष्ता कायम नरहेको वा जग्गाधनी दर्ता प्रमाणपूर्जा नभएको कित्ताको सन्दर्भमा निज वा निजको नाता-प्रमाणले सरोकार देखिने कागजातहरु वा स्थानीय तहको सिफारीस ।
  • अनुसुची २७ download गर्नको लागि download मा click गर्नुहोस् ।
File Download