कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्ड रेखांकनको लागि देहाय बमोजिमको कागजात संलग्न गरि जग्गा नाप जाँच तथा नक्सा श्रेस्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०८१ को अनुसूची-२० को निवेदन कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।

  • जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • चालु आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपि,
  • रेखांकन माग गरिएको कित्ता देखिने नक्सा प्रिन्ट,
  • पारित लिखतको प्रतिलिपि ।
  • अनुसुचि २० download गर्नको लागि download मा click गर्नुहोस् ।
File Download