कुनै व्यक्ति, संस्था, कार्यालय वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको नक्सा प्रिन्ट लिनको लागि देहाय बमोजिमको कागजातहरु संलग्न गरि कार्यालयमा निवेदन पेश गर्न सकिनेछ ।
- जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपी वा सक्कल पूर्जा,
- वित्तिय संस्थाले वित्तिय प्रयोजनका लागि माग भएको भए उक्त संस्थाको सक्कल पत्र र जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपी,
- सरकारी निकायले माग गरेको भए गा.वि.स./गा.पा./न.पा., नक्सा नं./सिट नं. र कि.नं. स्पष्ट उल्लेख गरी प्रयोजन समेत खुलाईएको पत्र,
- प्रिन्ट माग हुने कित्ताको लागि तोकिएको राजश्व बुझाएको रसिद ।
Online नक्सा(मेरो कित्ता) को लागि यस link https://merokitta.dos.gov.np/ मा click गर्नुहोस ।